Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मोदीको आसन्न अमेरिका भ्रमण महत्वपूर्ण हुने

मोदीको आसन्न अमेरिका भ्रमण महत्वपूर्ण हुने

  • मंगलवार, जेठ ३० २०८०

  • 662
    SHARES

  • मोदीको आसन्न अमेरिका भ्रमण महत्वपूर्ण हुने

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न अमेरिका भ्रमणले दुई मुलुकका जनताबीचको मैत्रीपूण सम्बन्धलाई अझ गाढा बनाउने र त्यो वास्तवमै महत्वपूर्ण हुने एक जना अमेरिकी कूटनीतिकज्ञले बताएका छन् ।

    अमेरिका-भारत व्यापार परिषद्ले अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना गरेको एक कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्रीको भावी राजकीय भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी अभिवृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।

    मोदीको अमेरिका भ्रमण दुवै देशका जनताबीचको सम्बन्धको प्रतिविम्ब भएको उनले बताए । अमेरिका र भारतबीचको साझेदारी लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनले उल्लेख गरे ।

    चारदिने अमेरिका भ्रमाणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको त्यस्तो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुन् ।


    मंगलवार, जेठ ३० २०८००७:०९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij