Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आयो यस्तो आदेश

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आयो यस्तो आदेश

  • मंगलवार, जेठ ३० २०८०

  • 4.8K
    SHARES

  • प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आयो यस्तो आदेश

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

    द्वन्द्वकालिन समयमा बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै अदालतले प्रतिवादी बनाइएकाहरूसँग जवाफ मागेको सर्वोच्चका प्रवक्ता विमल ढकालले जानकारी दिनुभयो ।

    न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिटलाई अग्राधिकार पनि प्रदान गरेको ढकालले बताउनुभयो ।

    यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो । गएको शुक्रवार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएपछि जेठ २८ गते आइतबार अदालतमा रिट दर्ता भएको हो।

     


    मंगलवार, जेठ ३० २०८००५:२८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij