Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विश्वभर एकैदिन दुई लाख १२ हजार बढिमा कोरोना पुष्टी, संक्रमितको संख्या एक करोड १३ लाख ८६ हजारभन्दा धेरै

विश्वभर एकैदिन दुई लाख १२ हजार बढिमा कोरोना पुष्टी, संक्रमितको संख्या एक करोड १३ लाख ८६ हजारभन्दा धेरै

  • आइतवार, आषाढ २१ २०७७

  • 795
    SHARES

  • विश्वभर एकैदिन दुई लाख १२ हजार बढिमा कोरोना पुष्टी, संक्रमितको संख्या एक करोड १३ लाख ८६ हजारभन्दा धेरै

    विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ पुगेको छ ।
    यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।
    आइतबार (आज) सम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ ।
    सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७७० र १५ लाख ७८ हजार ३७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।
    रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५१५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।
    त्यस्तै भारतमा छ लाख ७३ हजार ९०४ सङ्क्रमित र १९ हजार २७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ सङ्क्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८४७ सङ्क्रमित र छ हजार १९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ९०० रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ ।
    यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।


    आइतवार, आषाढ २१ २०७७०१:३०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij