Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको असन्तुष्ट पक्षले आज विरोधपत्र बुझाउने, १९ गतेसम्म सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी

काँग्रेसको असन्तुष्ट पक्षले आज विरोधपत्र बुझाउने, १९ गतेसम्म सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी

  • आइतवार, आश्विन ११ २०७७

  • 830
    SHARES

  • काँग्रेसको असन्तुष्ट पक्षले आज विरोधपत्र बुझाउने, १९ गतेसम्म सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी

    काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले विधान विपरित एकलौटीनिर्णय गरेको भन्दै असन्तुष्ट पक्षले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र बुझाउन लागेको छ ।

    विरोधपत्र मार्फत् गलत निर्णयहरु यही असोज १९ गतेभित्रसच्याउन सभापति शेरबहादुर देउवालाई म्याद दिइने नेताहरुले बताएका छन् ।
    बरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहले बुझाउन लागेको ज्ञापनपत्रमा तोकिएको म्याद भित्र निर्णय नसच्चिए धर्ना, अनशनसहितका विभिन्न आन्दोलन तथा दवावमुलक कार्यक्रमहरु गरिने चेतावनी पनि दिइने भएको छ ।

    काठमाडौको बसुन्धरामा हिजो बसेको उनीहरुको भेलाले एकपक्षीय ढंगबाट गरिएको निर्णयका विरुद्धमा चरणबद्ध कार्यक्रमहरु तय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

    महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले एकपक्षीय निर्णयहरु गरेको ठहर गर्दै दिन लागिएको विरोधपत्रमा असन्तुष्ट पक्षका केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

    वैधानिक कार्यकाल सकिएपछि र महाधिवेशन मिति घोषणा भइसकेपछि सभापति देउवाले विभाग गठन गरेर निर्वाचन आचारसंहित मिचेको असन्तुष्ट पक्षको तर्क छ ।

    महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गरिएको विभाग गठन गुटगत र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित रहेको उनीहरूको आरोप छ।
    त्यस्तै क्रियाशील सदस्यता वितरणमा पनि सभापति पक्षले पारदर्शिता नअपनाएको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेतृत्वले पार्टीको स्रोत र साधन दुरुपयोग गर्दै विधानविपरीत आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको विषय पनि विरोधपत्रमा समावेश गरेको छ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति देउवा र इतर पक्षबीच विवाद र दूरी थप बढ्दै गएको छ । असन्तुक्ष पक्षले तय गरेको दवावमुलक कार्यक्रमले पार्टी भित्र थप विवाद चर्किने देखिएको छ ।

     


    आइतवार, आश्विन ११ २०७७०८:३५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij