Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घाटी रेट्नलाई पछि गायक रामचन्द्र चन्दले ल्याए ‘मौरी जस्तै’ (भिडियोसहित)

घाटी रेट्नलाई पछि गायक रामचन्द्र चन्दले ल्याए ‘मौरी जस्तै’ (भिडियोसहित)

  • आइतवार, जेठ २८ २०८०

  • 799
    SHARES

  • घाटी रेट्नलाई पछि गायक रामचन्द्र चन्दले ल्याए ‘मौरी जस्तै’ (भिडियोसहित)

    काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ‘मौरी जस्तै’ बजारमा आएको छ । भिडियोसहित सार्वजनिक गीतमा गायक चन्दसंगै गायिका टीका प्रसाइको स्वर रहेको छ ।

    गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको प्रेम कथालाई मूख्य विषय बनाइएको छ । गीतमा विक्रमबाबू बिश्वकर्माको शब्द तथा नन्दु परियारको संगीत रहेको छ भने कृष्ण बिकले एरेन्ज गरेका छन् । तीन दिन अगाडिमात्रै सार्वजनिक भएको गीतलाई दर्शकश्रोताले अत्यधिक माया दिइरहेका छन् ।गायक चन्दको यो भन्दा अगाडि घाटी रेट्नलाई बजारमा आएको थियो त्यो गीतलाई पनि दर्शकश्रोताले धेरै माया दिएका थिए । 

    यस्तै गीतको भिडियोमा अर्जुन सापकोटा, काव्य खड्का र गौरव हमालको अभिनय रहेको छ भने प्रविण थापाको निर्देशन रहेको छ। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

    यस अगाडि बजारमा आएका गीतलाई जसरी दर्शकश्रोताले माया दिएका थिए यो गीतलाई पनि उस्तै माया र साथ दिने गायक चन्दको विश्वास र अपेक्षा रहेको छ ।

     

     

     


    आइतवार, जेठ २८ २०८०१०:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij