Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको बहस सकियो, अब के हुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको बहस सकियो, अब के हुन्छ ?

  • मंगलवार, जेठ २३ २०८०

  • 836
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलको बहस सकियो, अब के हुन्छ ?

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ ।

    सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीहरूलाई थुनामुक्त गरे प्रमाणहरू नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।

    काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली काँग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने छ ।


    मंगलवार, जेठ २३ २०८००२:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij