Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने

कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने

  • मंगलवार, जेठ २३ २०८०

  • 495
    SHARES

  • कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

    कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताउनुभयो ।

    जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।

    यद्यपि सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस प्रदेश सांसद कार्की बताउँछन् ।


    मंगलवार, जेठ २३ २०८००१:५६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij