Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीनसँगको सीमा विवादबारे परराष्ट्रमन्त्री ज्ञवालीले दिएको अभिव्यक्तिविरुद्ध सुर्खेतमा प्रदर्शन, यस्ता लागे नारा

चीनसँगको सीमा विवादबारे परराष्ट्रमन्त्री ज्ञवालीले दिएको अभिव्यक्तिविरुद्ध सुर्खेतमा प्रदर्शन, यस्ता लागे नारा

  • शनिवार, आश्विन १० २०७७

  • 877
    SHARES

  • चीनसँगको सीमा विवादबारे परराष्ट्रमन्त्री ज्ञवालीले दिएको अभिव्यक्तिविरुद्ध सुर्खेतमा प्रदर्शन, यस्ता लागे नारा

    काठमाडौं । परराष्टमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ ।सीमा मिचिएको विषयमा सरकारको तर्फबाट दिएको प्रष्टीकरण आपत्तिजन भन्दै राजीनामा मागसहित राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।

    कर्णाली प्रदेश वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाउ, सोझो नेपालीसँग छलछाम बन्द गरलगायतका नारा लगाएका थिए ।

    यसअघि, परराष्ट्रमन्त्री ज्ञवालीले हुम्लास्थित नेपालको सीमाना चीनले नमिचेको दाबी गर्नुभएको थियो ।

    यसैबीच, प्रदर्शनमा उत्रिएका दुईजना पक्राउ परेका छन् । अभियन्ता लेखक गौतम र प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको अभियानका केन्द्रीय संयोजक विनय यादवले जानकारी दिनुुभयो ।

     


    शनिवार, आश्विन १० २०७७०५:२५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij