Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

पञ्चेश्वर आयोजनाको डीपीआर कुन वर्षको ६ महिनामा हुन्छ ?

पञ्चेश्वर आयोजनाको डीपीआर कुन वर्षको ६ महिनामा हुन्छ ?

  • सोमवार, जेठ २२ २०८०

  • 591
    SHARES

  • पञ्चेश्वर आयोजनाको डीपीआर कुन वर्षको ६ महिनामा हुन्छ ?

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हरेक पटक प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वर आयोजनाको डीपीआर ६ महिनाभित्र हुने सहमति हुने तर त्यो ६ महिना कहिले पनि नआउने भन्दै कटाक्ष गर्नुभएको छ ।

    सन् २००८ मा माथिल्लो कर्णाली भारतलाई दिइएको बताउँदै त्यसको काम कहाँ पुग्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘काम गर्नका लागि योजनामा सम्झौता हुन्छ कि रोक्नका लागि हुन्छ ?’

    यस्तै उहाँले प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको दर्शन गर्न गएको बताउँदै सो मन्दिरको दर्शन गर्न प्रधानमन्त्री प्रचण्डको रुपमा गएको कि पुष्पकमल दाहालको रुपमा गएको भन्दै प्रश्न गर्नुभयो । नेपालको मन्दिर जान लाज हुने तर भारतको मन्दिरमा भने जान नहुने भन्दै सांसद सिंहले टिप्पणी गर्नुभयो ।


    सोमवार, जेठ २२ २०८००२:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij