Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एलन मस्क फेरि विश्वका सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल

एलन मस्क फेरि विश्वका सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल

  • बिहिवार, जेठ १८ २०८०

  • 1.3K
    SHARES

  • एलन मस्क फेरि विश्वका सबैभन्दा धनाढ्य व्यक्ति बन्न सफल

    काठमाडौं । विश्व प्रसिद्ध कम्पनी टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क फेरि विश्वका सबै भन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन् ।

    यसअघि पहिलो नम्बरमा रहेका फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएसँगै विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा मस्क पहिलो स्थानमा आउन सफल भएका हुन् ।

    हाल मस्कको कुल सम्पति १ सय ९२ बिलियन अमेरिकी डलर रहेको बताइएको छ । उक्त सूचीको दोस्रो नम्बरमा १ सय ८७ बिलियन डलरका साथ बर्नार्ड अर्नाल्टको र १ सय ४४ बिलियन डलर्सका साथ जेफ बेजोज तेस्रो नम्बरमा रहेका छन् । यस्तैगरी भारतीय अर्बपति मुकेश अम्बानी ८४ बिलियन डलरका साथ १३ नम्बरमा रहेका छन् ।


    बिहिवार, जेठ १८ २०८००५:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij