काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभएको छ ।
भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरिएको हो ।
त्यस्तै स्थानीय तहका पालिकाहरूको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उहाँले बताउनुभयो । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।