Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरिएको छ: शिक्षामन्त्री पोखरेल

प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरिएको छ: शिक्षामन्त्री पोखरेल

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.1K
    SHARES

  • प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरिएको छ: शिक्षामन्त्री पोखरेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरेको बताउनुभएको छ ।

    संकटको वेला सिकाइलाई अवरुद्ध पार्ननहुने, वैकल्पिक पद्धतिबाट भएपनि सिकाइ र सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिनुपर्ने, यसका लागि संघले मात्रै नभएर प्रदेश र स्थानीय तहले पनि सहजीकरण गरेको उहाँको भनाई छ ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले गरेको ‘युवा वैज्ञानिक फोरम’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरका ६ सय ३७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भइसकेका बताउनुभयो ।

    मन्त्री पोखरेलले सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति नै जारी गरिसकेको र कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । सरकारले ‘स्मार्ट नाष्ट’को अवधारणामा नाष्टअन्तर्गत सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको उहाँले बताउनुभयो ।


    शुक्रवार, आश्विन ९ २०७७०७:२७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij