काठमाडौं। अर्थमन्त्रीले डा. प्रकाशशरण महतले संकुचनमा गएको अर्थतन्त्र सुधार्ने प्रयास गरेर बजेट तयार गरिएको बताउनु भएको छ।
संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्ने प्रयास गरेर बजेट तयार गरिएको बताउनुभएको हो ।
निजी क्षेत्रको मनोबल बढाउन र प्रोत्साहन गर्ने गरी बजेट तयार पारिएको उहाँले बताउनुभयो।
अर्थतन्त्रलाई गतिशील बनाउने र निजी क्षेत्रको मनोबल बढाउनेगरी आगामी आर्थिक वर्षको बजेट निदृष्ट गरिएको उहाँले बताउनुभयो।