Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रुस र बेलारुससँग जोडिने मुलुकहरूलाई आणविक हतियार दिने राष्ट्रपति लुकाशेन्कोको दाबी

रुस र बेलारुससँग जोडिने मुलुकहरूलाई आणविक हतियार दिने राष्ट्रपति लुकाशेन्कोको दाबी

  • सोमवार, जेठ १५ २०८०

  • 508
    SHARES

  • रुस र बेलारुससँग जोडिने मुलुकहरूलाई आणविक हतियार दिने राष्ट्रपति लुकाशेन्कोको दाबी
    काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुस–बेलारुस संयुक्त राज्यसँग जोडिन चाहने मुलुकलाई आणविक हतियार दिइने बताएका छन् । 
     
    रुसले बेलारुसलाई सीमित दायराको ट्याक्टिकल आणविक हतियार दिन थालेको पुष्टि भएको केही दिनपछि लुकाशेन्कोको भनाइ आएको हो । 
     
    लुकाशेन्को रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनका निकट साझेदार हुन् । आइतबार रसिया १ नामक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यी टिप्पणीहरू गरेका हुन् । 
     
    अन्तर्वार्ताका क्रममा लुकाशेन्कोले बताए, ‘रुससँग हामीले कायम गरेको जस्तो निकट सम्बन्ध कजाकस्तान तथा अन्य मुलुकहरूले पनि राख्दा कसैले मतलब गर्दैन ।’
     
    ‘यो एकदमै सरल कुरा हो,’ उनले थपे । ‘बेलारुस र रुस संयुक्त राज्यमा जोडिनुस् । त्यति गरे पुग्छ, सबैका लागि आणविक हतियार उपलब्ध हुनेछ ।’
     
    सन् १९९९ मा बेलारुस तथा रुस संयुक्त राज्य स्थापना सम्बन्धी सम्झौता गरिएको थियो । यसले दुई देशबीच आर्थिक, सूचना, प्रविधि, कृषि र सीमा सुरक्षा लगायतका विषयमा गरिने साझेदारीलाई समेटेको थियो । 
     
    आफूसँग विचार मिल्ने साझेदारहरूलाई आणविक हतियार दिइने भनी लुकाशेन्कोले गरेको टिप्पणीले आणविक अप्रसार पहलमा धक्का लाग्ने सम्भावना छ । 


    सोमवार, जेठ १५ २०८००३:१२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij