काठमाडौँ – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गरिएको थियो।
मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बस्नुभएको छ।
यसअघि काठमाडौँ महानगरका मेयर विद्या सुन्द शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । शाक्य हाल संक्रमणमुक्त भइसक्नुभएको छ।