Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१७ अंकले घट्यो नेप्से, कारोबार रकम उच्च

१७ अंकले घट्यो नेप्से, कारोबार रकम उच्च

  • आइतवार, जेठ १४ २०८०

  • 634
    SHARES

  • १७ अंकले घट्यो नेप्से, कारोबार रकम  उच्च

    काठमाडौं । आज सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ ।

    सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो ।
    आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से कारोबार बन्द हुने करिब १ घण्टा अगाडिदेखि लगातार ओरालो लागेर १७.३८ अंकले घट्दा १९४१.७४ अंकको विन्दुमा बन्द भएको छ ।

    उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ । उत्पादनमूलक उपसूचक १.०१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ ।

    यता होटल तथा पर्यटन उपसूचक २.७७ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक २.६५ प्रतिशत, वित्त कम्पनी उपसूचक २.४२ प्रतिशत र विकास बैंक उपसूचक २.०५ प्रतिशतले गिरावट भएका छन् ।

    नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर साढे २ अर्ब नाघेको छ । नेप्सेमा आइतबार साढे महिना यताकै उच्च रकमको कारोबार भएको छ । २९ माघमा ३ अर्ब माथिको कारोबार भएपछि आइतबार त्यसयताकै उच्च रकमको कारोबार भएको हो ।

    आइतबार नेप्सेमा ४७ हजार ६७४ वटा कारोबारमा ७० लाख ५० हजार ०३९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ६३ करोड ९७ लाखको कारोकार भएको छ ।


    आइतवार, जेठ १४ २०८००३:५६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij