Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौँ : केपी ओली

दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौँ : केपी ओली

  • मंगलवार, जेठ ९ २०८०

  • 571
    SHARES

  • दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौँ : केपी ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताउनुभएको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले अंगालेको जनताको बहुदलीय जनवाद ९जबज०मा सबै नेता कार्यकर्ता लामबद्ध हुनुपर्ने बताउनुभयो ।

    ‘दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादमा आधार निर्माण गरिने छ । यो गर्न सजिलो छैन यो पुरा गर्नुपर्छ’, ओलीले भन्नुभयो, ‘सैद्धान्तिक प्रस्तावलाई जटिल होइन जनबोलीमा सहजढंगले समृद्धि नेपाल सुखी नेपालीको नारा ल्याएका हौँ । यो देश बनाउने गन्तव्य हो । हाम्रो पार्टी सबै तहका संगठन र कार्यकर्ताहरु लामबद्ध बनाउनु पर्नेछ ।’

    पार्टीको नेता पदले नभई क्षमताले हुने उहाँले बताउनुभयो । ‘भोटा फटाएको भरमा नेता हुने भन्ने हुँदैन । क्षमताले नेता हुने हो । क्षमताले नेता हुन सबैले साबित गर्नुपर्छ,’ ओलीले भन्नुभयो ।


    मंगलवार, जेठ ९ २०८००२:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij