Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सशस्त्र प्रहरी भवन शिलन्यासका लागि गृहमन्त्री थापा छाङरुमा

सशस्त्र प्रहरी भवन शिलन्यासका लागि गृहमन्त्री थापा छाङरुमा

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.0K
    SHARES

  • सशस्त्र प्रहरी भवन शिलन्यासका लागि गृहमन्त्री थापा छाङरुमा

    सशस्त्र प्रहरी महानिरीक्षक र गृहसचिवसहित गृहमन्त्री रामबहादुर थापा दार्चुलाको छाङरु पुग्नुभएको छ। छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

    काठमाडौंबाट सुर्खेतसम्म स्काइ ट्रकमा र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमा सो टोलि छाङरु गएको हो। छाङरुमा सशस्त्र प्रहरीको गुल्मका लागि भवन निर्माण हुँदैछ।

    भवन निर्माणका लागि १० करोड रुपैयाँ छुट्याइएको छ। भवन अत्याधुनिक सुविधासहितको हुने गृह मन्त्रालयले जनाएको छ । यसअघि हिउँदको समयमा हिउँ पर्न थालेपछि त्यसक्षेत्रमा प्रहरी बस्दैनथ्यो । तर भवन निर्माणपछि सधैंभरी प्रहरी बस्ने छ । टोलीले तिंकर र कौवाको पनि हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    भारतले अक्रिमण गरेको दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय सुरक्षा फौजहरुको उपस्थिति र अन्य गतिबिधि समेत बढाउँदै लगेपछि नेपालले छाङरुमा सुरक्षाकर्मी तैनाथ गरेको हो।


    शुक्रवार, आश्विन ९ २०७७०२:०४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij