काठमाडौं । सरकारले एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। शुक्रबार(आज) संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गर्नुभएको हो
एक टोल, एक सामूहिक कृषि उत्पादनका साथै एक पालिका, एक उत्पादन क्षेत्र मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना रहेको छ।
यसैगरी प्रदेश र स्थानीय तहको समन्वयमा प्रत्येक पालिकामा शितगृह र कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरिने बताइएको छ।
कृषि कर्जा कार्यक्रम पुनरावलोकन गरिनुका साथै उपयोगमा नआएका तथा बाँजो जमिनका लागि युवा लक्षित विशेष कार्यक्रम समेत सरकारले घोषणा गरेको छ।