काठमाडौं। पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार मङ्गलवार सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज बैंक र अन्य समूहको सेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ ।
विकास बैंक १, फाइनान्स ४, होटल तथा पर्यटन २२, जलविद्युत् १४, जीवन बीमा १३, उत्पादन ५, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा ८२ र व्यापार उपसमूह ३ अंक बढे ।
बैंकिङ १ र अन्य उपसमूह भने ११ अंक घटे । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
मायाखोला, हिमालय ऊर्जा विकासको मूल्य ५-५ प्रतिशत बढ्यो ।
माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल इन्स्योरेन्स र हिमालयन बैंक क्रमशः अगाडि रहे ।