काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ ।
संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कार्यव्यवस्था परामर्श समिति बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने छलफल भएको बताउनुभयो ।