Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

साताको पहिलो दिन नेप्से घट्यो, कारोबार रकम बढ्यो

साताको पहिलो दिन नेप्से घट्यो, कारोबार रकम बढ्यो

  • आइतवार, बैशाख ३१ २०८०

  • 589
    SHARES

  • साताको पहिलो दिन नेप्से घट्यो, कारोबार रकम बढ्यो

    काठमाडौं। साताको पहिलो दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ ।आजका दिन १६.९६ अंकले घटेर नेप्से परिसूचक १८२१.६४ विन्दुमा रोकिएको हो ।

    आज नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । आज २६३ धितोपत्रको २७ लाख ८८ हजार ८१५ कित्ता ९० करोड पाँच लाख ६३ हजार रुपैयाँमा खरिद-बिक्री भएको छ ।

    गत साताको अन्तिम करोबार दिन ५७ करोड ८८ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको थियो । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँ १० पैसा वृद्धि भएर ७२१ रुपैयाँ १० पैसा कायम भएको छ ।

    त्यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३७ प्रतिशतले घटेर ६०३ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको सेयर खरिद-बिक्री नागरिक लगानी कोषको भएको छ । यो कम्पनीको पाँच करोड ३५ लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ ।

    यसदिन कारोबारमा आएका १३ समूहमध्ये लगानी समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । लगानी समूहको परिसूचक १.१३ प्रतिशतले वृद्धि भएको छ ।


    आइतवार, बैशाख ३१ २०८००३:४८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij