Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयक अगाडि बढाउने तीन दलको निर्णय

टीआरसी विधेयक अगाडि बढाउने तीन दलको निर्णय

  • आइतवार, बैशाख ३१ २०८०

  • 646
    SHARES

  • टीआरसी विधेयक अगाडि बढाउने तीन दलको निर्णय

    काठमाडौं । प्रमुख तीन वटा राजनीतिक दलले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् ।

    यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रततिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन ।

    प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

    ‘विगतमा विशेष समिति गठन गर्ने भनिए पनि हाल विषयगत समिति गइसकेका कारण अब सम्बन्धित समितिमै उपसमिति बनाएर अगाडि बढाउने निर्णय भएको छ’, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले भन्नुभयो । नेता नेम्बाङका अनुसार आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा यस्तो सहमति जुटेको हो ।

    उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए ।


    आइतवार, बैशाख ३१ २०८००२:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij