Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, मनाङे आउट

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, मनाङे आउट

  • शुक्रवार, बैशाख २९ २०८०

  • 741
    SHARES

  • गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, मनाङे आउट

    काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

    शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् ।

    कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । मन्त्रीको चर्चामा रहेका दिपक मनाङे भने यसपटक छुटे ।

    नियुक्त भएका मन्त्रीको आजै सपथ खुवाउने तयारी गरिएको छ ।

    वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले वैशाख १५ गते कांग्रेसकी सरस्वती अर्यात तिवारी र माओवादीकी सुशीला सिंखडालाई मन्त्री नियुक्त गरेका थिए ।

     


    शुक्रवार, बैशाख २९ २०८००४:१९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij