Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने, छलफलमा १० एजेण्डा

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने, छलफलमा १० एजेण्डा

  • बिहिवार, बैशाख २८ २०८०

  • 467
    SHARES

  • एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने, छलफलमा १० एजेण्डा
    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ ।
     
    यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले आजदेखि तीन दिनसम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
     
    बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिनुभयो ।
     
    एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरू सहभागी हुनेछन् । 
     


    बिहिवार, बैशाख २८ २०८००७:२९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij