काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुली गरी भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बिहीबार(आज)देखि बयान लिइने भएको छ ।
प्रहरीले हिजो खाँणलाई काठमाडौं चाबहिलस्थित निवासबाट पक्राउ गरेको थियो । प्रहरीले खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजदेखि खाँणको बयान लिन सुरु गरिने बताएको छ ।
प्रहरीले हिजो नै खाँणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले खाँणमाथि अनुसन्धानका लागि ३ दिनको म्याद (अनुमति) दिएको छ ।