Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

  • बिहिवार, बैशाख २८ २०८०

  • 621
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी
    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ ।  पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 
     
    हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । 
     
    यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ । बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ । 


    बिहिवार, बैशाख २८ २०८००६:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij