काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाउनुभएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि थप छलफलका लागि बैठक बोलाउनुभएको हो ।
दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेताको बैठकपछि उहाँले आफ्नो पार्टीका शीर्ष नेताको बैठक बोलाउनुभएको हो । बैठक अहिले केहिबेरमा देउवा निवास धुम्बाराहीमा हुने एक नेताले बताउनुभयो।
‘सभापतिले आकस्मिक बैठक बोलाउनुभएको छ। हामी जाँदै छौं, ’ एक नेताले भने। छलफलको विषय सार्वजनिक गरिएको छैन।
सार्वजनिक नगरिए पनि मूल विषय भने खाँणको पक्राउ र संसदीय सुनुवाइ समितिमा नाम पठाउने रहेको छ। त्यस्तै समितिको सभापतिहरूको बारेमा पनि छलफल हुन सक्ने देखिन्छ।