Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

टोपबहादुरले ढाँटेर टाप कसेको एमालेको दाबी

टोपबहादुरले ढाँटेर टाप कसेको एमालेको दाबी

  • बुधवार, बैशाख २७ २०८०

  • 743
    SHARES

  • टोपबहादुरले ढाँटेर टाप कसेको एमालेको दाबी

    काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीले पार्टी नेतृत्वलाई ढाँटेको जनाएको छ ।

    महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीविरुद्ध भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुजी जारी भएपछि उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता विपरित पार्टी नेतृत्वलाई समेत झुक्याएको जनाएका हुन् ।

    ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी विधिको शासनमा विश्वास गर्दछौं । राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ ।’

    यही मान्यताअनुरूप पक्राउ पूर्जी जारी हुनासाथ एमालेले रायमाझीलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको महासचिव पोखरेलले जनाएका छन् । त्यसक्रममा रायमाझीले समेत आफु त्यसमा तयार रहेको बताएपनि मंगलबारसम्म उपस्थित नभएपछि पार्टी सचिवालय बैठकले समेत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको थियो ।


    बुधवार, बैशाख २७ २०८००२:२५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij