काठमाडौं । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गर्ने तयारी गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई नै ढाँटेर फरार भएपछि एमालेले रायमाझीलाई कारवाही गर्ने तयारी गरेको हो ।
एमालेले शरणार्थी प्रकरणको अनुसन्धानमा समेत सघाउने भएको छ । गिरोहको लहरो तान्दा राजनीतिक पहरो हल्लिएपछि एमाले अनुसन्धानमा सघाउने निर्णयमा पुगेको हो ।
‘नाम जोडिएपछि अध्यक्षले नै टोपबहादुरलाई फोन गरेर चासो राख्नुभएको थियो । उहाँले म आएर छानबिनमा सघाउँछु भन्नुभएको थियो । तर पछि आउनुभएन,’ ओली निकट स्रोतले भन्यो, ‘यो प्रकरणमा के भएको हो उहाँले आएर बताइदिनुपर्यो । नआएपछि प्रश्न उठ्यो । टोपबहादुर रायमाझीलाई कानुनले जे भन्छ त्यही गर्ने हो । अब अपारदर्शी बनेर हुँदैन । पार्टीभित्र पनि छानबिनको माग भएको छ । उहाँलाई निलम्बन गर्ने तयारी छ ।
अब बस्ने केनेद्रीय कमिटी बैठकले रायमाझीलाई निलम्बन गर्ने तयारी छ ।