काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताउनुभएको छ।
राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको आज जवाफ दिँदै उहाँले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताउनुभयो।
‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उहाँले भन्नुभयो, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’
मन्त्री महतले सरकारको सम्पूणर् ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताउनुभयो। ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ’ उहाँको भनाई छ ।
अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री डा. महतले बताउनुभयो।अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखिएका समस्या सकेसम्म यही आर्थिक वर्षभित्र सुधार गर्ने पनि उहाँले बताउनुभयो ।