Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

  • सोमवार, बैशाख २५ २०८०

  • 517
    SHARES

  • भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु

    काठमाडौं । भारतमा लडाकु विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    भारतीय वायुसेना (आईएएफ)को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा राजस्थानको सुरतगढ नजिक दुर्घटनाग्रस्त हुँदा तीन सर्वसाधारणको मृत्यु भएको हो ।

    हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्को एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

    मृत्यु हुनेमा ५५ वर्षीया लीला देवी, ४५ वर्षीय बाँसो कौर र ५० वर्षीय बान्टो रहेका छन् । घाइते तीन जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरी स्थापना गरिएको आईएएफले जनाएको छ ।


    सोमवार, बैशाख २५ २०८००३:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij