Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई चुनौती : लडाकू शिविरको हिनामिनाको फाइल खुल्छ त ?

प्रचण्डलाई चुनौती : लडाकू शिविरको हिनामिनाको फाइल खुल्छ त ?

  • आइतवार, बैशाख २४ २०८०

  • 828
    SHARES

  • प्रचण्डलाई चुनौती : लडाकू शिविरको हिनामिनाको फाइल खुल्छ त ?

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै ठूला भ्रष्टाचारको फाइल खोले आफूले समर्थन गर्ने बताउनुभएको छ ।

    राप्रपानिकट महिला संगठनको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उच्च पदस्थको नाम आइरहे पनि प्रधानमन्त्री रोकिन नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । केही मानिस पक्राउ परेका छन् । एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरुको नाम आइरहेका छन् । म सरकारलाई भन्न चाहन्छु यो कारबाही र छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइडबडी काण्ड, ललितानिवास काण्ड, एनसेल काण्डजस्तै सेलाएर जान हुँदैन । देखाउनमात्रै गर्न हुँदैन ।’

    यदि प्रधानमन्त्रीले सुनियत र सुविचारको साथ यो कदम चालेको भए आफ्नो पार्टीले समर्थन गर्ने लिङदेनले प्रष्ट्याउनुभयो । ‘प्रधानमन्त्रीको कदममा कुनै राजनीतिक गन्ध छैन भने राप्रपाले समर्थन गर्छ । उहाँले यो मात्रै होइन वाइडबडी काण्ड, एनसेलको फाइल खोल्नुपर्छ । ललिता निवासको फाइल खोल्नुपर्‍यो प्रचण्ड कतिवर्ष सरकारमा बस्ने हो राप्रपाले समर्थन गर्छ ।’

    लिङदेनले माओवादी लडाकु शिविर (क्यान्टोनमेन्ट)को विषय पनि उठाउनुभएको छ ।

    ‘क्यान्टोनमेन्ट घोटाला काण्ड उहाँकै शिरमा लागेको छ त्यो के हो ? फाइल खोलेर आफू चोखो छु भनेर देखाइदिनुपर्‍यो तर, भ्रष्टचारको डंगुरमा शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन’ उहाँले भन्नुभयो ।

     


    आइतवार, बैशाख २४ २०८००२:४४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij