Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सांसदहरु भत्ता बुझ्न मात्रै बैठकमा आउन थालेको आमबुझाई पछि ईहाजिरी शुरु

सांसदहरु भत्ता बुझ्न मात्रै बैठकमा आउन थालेको आमबुझाई पछि ईहाजिरी शुरु

  • आइतवार, बैशाख २४ २०८०

  • 439
    SHARES

  • सांसदहरु भत्ता बुझ्न मात्रै बैठकमा आउन थालेको आमबुझाई पछि ईहाजिरी शुरु

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ईहाजिरी) सुरू गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

    ईहाजिरी सुरू गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।

    सदनको महत्वपूर्ण छलफलमा समेत सांसदहरूको नगण्य उपस्थिति हुन्छ । बैठकमा सभामुखले भन्नुभयो, ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’

    नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरू गर्ने सहमति भएको छ । कानूनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने, सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने विषयमा सभामुखले ध्यानकर्षण गरााउनुभयो ।

    संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने पनि कार्यव्यवस्थामा सहमति भएको छ ।


    आइतवार, बैशाख २४ २०८००१:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij