काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार(आज) पदभार ग्रहण गर्नुभएको छ। आजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्रालय पुगेर बस्नेतले पदभार पनि ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्रीले हिजो बस्नेतलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो । राष्ट्रपतिले हिजो नै बस्नेतसहित नेपाली कांग्रेसका धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको थियो।