काठमाडौं । नेकपा (एमाले) का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गरेको उहाँको सचिवालयले जानकारी दिएको छ ।
महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् ।
उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भएको थियो । सो आदेशपछि भने उनी फरार छन् ।