Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टोलीलाई बधाई : प्रधानमन्त्री ‘प्रचण्ड’

नेपाली क्रिकेट टोलीलाई बधाई : प्रधानमन्त्री ‘प्रचण्ड’

  • मंगलवार, बैशाख १९ २०८०

  • 475
    SHARES

  • नेपाली क्रिकेट टोलीलाई बधाई : प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको छ ।

    सामाजिक सञ्जालमार्फत प्रचण्डले आज उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको हो ।

    प्रचण्डले ट्वीटरमा भन्नुभएको छ,‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

    आज सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।


    मंगलवार, बैशाख १९ २०८००२:५१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij