Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल सुरु, भेटिएला त सहमतिको विन्दु ?

ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल सुरु, भेटिएला त सहमतिको विन्दु ?

  • आइतवार, आषाढ २१ २०७७

  • 546
    SHARES

  • ओली र प्रचण्डबीच बालुवाटारमा निर्णायक छलफल सुरु, भेटिएला त सहमतिको विन्दु  ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवास पुगेर फर्किनुभएका प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुग्नुभएको हो ।

    बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

    यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए । तीन घण्टासम्म चलेको सो छलफल बिनानिष्कर्ष टुंगिएको थियो । नेकपा स्थायी कमिटी बैठक सोमबार बस्दैछ । त्यसअघि नै सहमति जुटाउन नेतृत्वमाथि दोस्रो तहका नेताहरुको दवाव छ ।


    आइतवार, आषाढ २१ २०७७१२:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij