Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच एकता

नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच एकता

  • सोमवार, बैशाख १८ २०८०

  • 719
    SHARES

  • नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच एकता
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच एकता भएको छ । सोमबार(आज) विराटनगरमा आयोजित पार्टी एकताको घोषणा कार्यक्रममार्फत उनीहरूले पार्टी एकीकरण गरिएको जानकारी दिएका हुन् । पार्टी एकतामा कोचिला एकता संघर्ष समिति तथा नागरिक सशक्तीकरणका लागि जागरण अभियान पनि समाहित भएका छन् ।
     
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहनुभएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङले पार्टी एकताका लागि हस्ताक्षर गर्नुभएको छ ।
     
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानले कोशी प्रदेशमा पहिचानको पक्षमा आवाज उठाउँदै आएका थिए ।
     
    नागरिक उन्मुक्ति पाटीसँग एकीकरण गर्ने विषयमा कुमार लिङ्देनको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजित बनेको थियो । कुमार लिङ्देन र वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ नेतृत्वको टोलीबीच विवाद हुँदा गुरुङ नेतृत्वको समूहले लिङ्देनलाई अध्यक्षबाट बर्खास्त गरेको थियो ।
     
    वैशाख १२ गते बसेको बैठकले लिङ्देनलाई कारबाही गरेर वरिष्ठ उपाध्यक्ष गुरुङलाई अध्यक्ष चयन गरेको गरेको थियो । नागरिक उन्मुक्ति पाटीसँग एकीकरण गर्ने विषयमा लिङ्देनले फरक मत राखेपछि ५१ प्रतिशत केन्द्रीय सदस्यहरूको समर्थनमा नयाँ नेतृत्व चयन गरेर १० बुँदे सहमति गर्दै पाटी एकीकरण गरिएको संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष गुरुङले बताउनुभयो ।
     
    यता कुमार लिङ्देनले भने लोकतान्त्रिक राष्ट्रिय मञ्चले कुनै पार्टीसँग एकीकरण नगरेको बताउनुभएको छ । एउटा समूह पार्टीबाट चोइटिएर गएको लिङ्देनको दाबी छ । दुई प्रतिशत कार्यकर्ता मात्रै आफ्नो पार्टीबाट गएको उहाँको दाबी छ ।
     
    Ekata_Nagarik_Unmukti_Party_E6qKFenjKQ.jpg
     


    सोमवार, बैशाख १८ २०८००५:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij