Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सीमा तनाव कम गर्न भारत र चीनबीच भयो यस्तो सहमति

सीमा तनाव कम गर्न भारत र चीनबीच भयो यस्तो सहमति

  • बुधवार, आश्विन ७ २०७७

  • 1.0K
    SHARES

  • सीमा तनाव कम गर्न भारत र चीनबीच भयो यस्तो सहमति

    एजेन्सी । भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

    गत सोमबार चीन र भारतबीच कमाण्डर तहमा वार्ता भएको थियो । दुई देशका कमाण्डरबीच भएको वार्तालाई थप बलियो बनाउने सहमति गम्भीरतापूर्वक लागु गर्ने वक्तव्यमा उल्लेख छ । दुई देशबीच अहिले जुन अवस्था छ त्यसमा कुनै किसिमको परिवर्तन नगर्ने सहमति पनि बनेको छ ।

    सीमा क्षेत्रमा अब सैनिकको संख्या नबढ्ने दुवै देशले जनाएका छन् । दुवै देशले वास्तविक नियन्त्रण रेखामा अवस्था स्थिर बनाउनका लागि प्रयास गर्ने सहमति भएको छ ।

    अंग्रेजी पत्रिका द हिन्दूका अनुसार अहिले नै सैनिक पछि हट्ने सहमति भने बनेको छैन । तर पछिल्लो सहमतिअनुसार नियन्त्रण रेखामा कुनै पनि निर्माण कार्य तत्काल हुने छैन ।

    त्यस्तै, जतिसक्दो चाँडो कमाण्डर तहको सातौँ वार्ता गर्ने पनि सहमति भएको छ । सीमामा शान्ति कायम गर्नका लागि ठोस कमद चाल्ने पनि उल्लेख छ ।


    बुधवार, आश्विन ७ २०७७१२:४५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij