Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देश बनाउन बाँदर निर्यात गरौँ : सांसद धनराज गुरुङ

देश बनाउन बाँदर निर्यात गरौँ : सांसद धनराज गुरुङ

  • मंगलवार, बैशाख १२ २०८०

  • 649
    SHARES

  • देश बनाउन बाँदर निर्यात गरौँ : सांसद धनराज गुरुङ

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ।

    गाउँघरमा बाँदर आतंक फैलिएको किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरले खाइदिने गरेको भन्दै उहाँले त्यसलाई निर्यात गर्दा मुलुकलाई फाइदा हुने बताउनुभयो ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अष्ट्रेलियाले पनि राष्ट्रिय जनावर कंगारु लाखौंको संख्यामा मारेको र त्यसको छाला निर्यात गरेको बताउनुभयो ।

    ‘श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ ।

    बाँदर आतंक फैलिएको छ’ गुरुङले भन्नुभयो, ‘हामीले भन्दैछौं(खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं । कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । ‘हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’

    बाँदर निर्यातको कुरा गर्दा जैविक विविधताको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन् कि भन्ने आशंका रहेको पनि गुरुङले बताउनुभयो ।

     


    मंगलवार, बैशाख १२ २०८००४:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij