Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ दलको चुनौतिले पुराना दल सशंकीत, तनहुँ र चितवनमा रास्वपाको वर्चस्व (खासखबर)

नयाँ दलको चुनौतिले पुराना दल सशंकीत, तनहुँ र चितवनमा रास्वपाको वर्चस्व (खासखबर)

  • सोमवार, बैशाख ११ २०८०

  • 494
    SHARES

  • नयाँ दलको चुनौतिले पुराना दल सशंकीत, तनहुँ र चितवनमा रास्वपाको वर्चस्व (खासखबर)

    काठमाडौं । नयाँ उदयमान दलहरुको राजनीतिक छलाङले पुराना स्थापित भनिएका दलहरुलाई चुनौति थपेको छ ।

    केही महिनाअघि मात्रै राजनीतिमा होमिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुलुकको प्रधानमन्त्रीत्व ग्रहण गरिसकेका दलका प्रतिनिधि चुनावी सभामा जाँदा समेत टसमस गर्न सकेनन् । तनहुँ, चितवनमा दलबलसहित पुगेका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरुको बोलीमा जनताले विश्वास गर्न सकेनन्, तनहुँमा डा. स्वर्णिम वाग्ले र चितवनमा रवि लामिछानेले फराकिलो मतान्तर कायम राखेका छन् ।

    यहीँ परिणामलाई मध्येनजर गर्दै नेपाली कांग्रेस संसदीय दलको बैठमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताउनुभएको छ । कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएकोले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको सांसद रामहरि खतिवडाले बताउनुभयो ।

    कांग्रेसमा मात्रै होइन, यो परिणामले नेकपा माओवादी केन्द्रलाई थप चुनौति देखिएको छ । १० वर्षे सशस्त्रद्वन्द्वका उपलब्धिलाई जोगाएर राख्न नसक्दा अर्थात् खोलो त¥यो, लौरो बिस्र्यौको परिस्थिति बन्दा चुनौति देखिएको हो । परिवर्तन आफ्नो परिवार, नातागोता, इष्टमित्रलाई पोस्नका लागि मात्रै हो भन्ने अवधारणाबाट मुक्त हुन नसक्दा दलहरुलाई जनताले चुनौति दिएका छन् ।

    कम्युनिष्टको निजी सम्पत्ति हुँदैन, उसले सार्वजनिक जीवन बिताउँछ भन्ने भ्रम जनतामा छरेर अहिले विलासितामा लिप्त हुँदाको परिणाम भएका उपलब्धिहरुलाई समेत जोगाउन नसकिने अवस्थामा पुगेको छ । लामो समय कम्युनिष्ट राजनीतिमा तल्लीन रहेका वामविश्लेषक हस्तबहादुर केसीले आगामी निर्वाचनमा बाँकी सबै दलहरुलाई चुनौती थपेको औँलयाउनुभएको छ ।

    लामो इतिहास बोकेका राजनीति दलहरुले समयानुसार आफूलाई परिवर्तन गर्न नसक्दा जनताको नजरबाट पन्छिदै जानुपरेको छ । अबको युग, कुरा भन्दा काम गरेर देखाउने युग हो । जनतासँग प्रत्यक्ष सहभागी भएर विकासको खाका कोर्दै, जनतालाई स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।

     

     


    सोमवार, बैशाख ११ २०८००७:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij