Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा उपनिर्वाचन

तनहुँ–१ मतगणना अपडेट : १० हजार ६३८ मतगणना हुँदा स्वर्णिमको अग्रता कायमै, कसले कति मत पाए ?

तनहुँ–१ मतगणना अपडेट : १० हजार ६३८ मतगणना हुँदा स्वर्णिमको अग्रता कायमै, कसले कति मत पाए ?

  • सोमवार, बैशाख ११ २०८०

  • 953
    SHARES

  • तनहुँ–१ मतगणना अपडेट : १० हजार ६३८ मतगणना हुँदा स्वर्णिमको अग्रता कायमै, कसले कति मत पाए ?
    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।
     
    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६३८ मतगणना हुँदा वाग्लेले ५ हजार ९०० मत प्राप्त गरेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईभन्दा दोब्बर मतले अघि छन् । 
     
    भट्टराईले २ हजार ६८७ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार ६५६ मत प्राप्त गरेका छन् ।
     
    तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।


    सोमवार, बैशाख ११ २०८००७:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij