काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्याग्रही डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुव्र्यवहारलाई क्रुरताको पराकाष्टाको संज्ञा दिनुभएको छ । आज सामाजिक सञ्जालमा उहाँले क्रुर तानाशाहले मात्र यस्तो निन्दनीय काम गर्ने उल्लेख गर्नुभएको छ ।
नेता थापाले डा. केसीमाथि अत्याचार गरेर सरकारले आफ्नो पतनको बाटो आफैं खनेको बताउनुभएको छ ।
‘सत्याग्रहीलाई इच्छाविपरित छुन पनि पाइँदैन। तर, अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ’, उहाँले लेख्नुभएको छ, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।’
उपचारका लागि भन्दै डा. केसीलाई प्रहरीले जवरजस्ती ट्रमा सेन्टर लगेको थियो । त्यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।
