Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जालका गालीगलौजले आजित बनायो : प्रचण्ड

सामाजिक सञ्जालका गालीगलौजले आजित बनायो : प्रचण्ड

  • शनिवार, बैशाख ९ २०८०

  • 620
    SHARES

  • सामाजिक सञ्जालका गालीगलौजले आजित बनायो : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनमा मात्रै नभएर देशमा राजनीतिक विचलन छाएको बताउनुभएको छ। नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै उहाँले विचलनतिर राजनीतिक जाने खतरा पैदा भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मुल्य, मान्यता र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्ट, भावना र आवेग वा अराजकतलाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ। यस्तो बेलामा बौद्धिक जगतबाट वैचारिक बहस चलाउन जरुरी छ। कहि न कहिँ लामो संघर्षबाट आएको नेताहरुमाथि धेरै तल उत्रिएर गाली गरेको देख्ने गरिन्छ।’

    समाजिक सञ्जालले क्षणिक आवेगमा ल्याएर समाजलाई अराजकतातिर लगिरहेको उहाँले बताउनुभयो । प्रचण्डले अहिले आफूहरुले कम्युनिष्ट पार्टीबीच मोर्चाबन्दीको प्रयास अगाडि बढाइरहेको बताउनुभयो। विचार मिल्नेसँग समाजवादी मोर्चा बनाएर पार्टी एकता गर्नेगरि अगाडि बढिरहेको उहाँको भनाइ छ ।

    उहाँले यो निर्वाचन प्रणालीबाटै कसैको बहुमत नआउने भएकाले गठबन्धन संस्कृतिको विकार गरेको बताउनुभयो । यही गठबन्धनलाई पाँच बर्षसम्म जोगाएर अघि बढ्ने प्रचण्डको भनाइ छ।

     


    शनिवार, बैशाख ९ २०८००५:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij