काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरूको फेरि राजिनामा माग्नुभएको छ । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा माग्नुभएको हो । यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा माग्नुभएको थियो ।
‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिनुभएको छ ।
