Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बालकोट जाँदै

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बालकोट जाँदै

  • सोमवार, बैशाख ४ २०८०

  • 810
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बालकोट जाँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार(आज) एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जानुहुने भएको छ । 
     
    संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री र सभापति देउवा बालकोट जानुहुने भएको हो ।
     
    एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएर आफ्नै निवास बालकोटमा आराम गरिरहनुभएको छ । सो कारण प्रधानमन्त्री प्रचण्ड र देउवा उहाँकै निवासमा जान लाग्नुभएको हो । तीन दलका शीर्ष नेताहरूबीच सोमबार बिहान ९ बजे बाट छलफल सुरु हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभएको छ ।
     
    प्रचण्ड र देउवाले ओलीलाई स्वास्थ्य लाभको कामनासहित संसद्मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले आह्वान गरेको बैठकमा नगएपछि एमाले असन्तुष्ट बनेको छ ।
     
    यसअघि पनि सोही विधेयकका विषयमा शीर्ष दलहरूबीच छलफल भएको थियो । तर सहमति हुन सकेको थिएन । यसअघि पछिल्लो बैठक वैशाख १ गते बस्ने भनिएको थियो । तर बैठक बस्न सकेको थिएन ।
     


    सोमवार, बैशाख ४ २०८००७:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij