Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची 

राष्ट्रियसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची 

  • सोमवार, बैशाख ४ २०८०

  • 423
    SHARES

  • राष्ट्रियसभा बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची 
    काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार(आज) बस्दै छ । तेह्रौं अधिवेशनको १७औँ बैठक बस्न लागेको हो ।  बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । 
     
    आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 
     
    राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
    21681689302.jpg
     


    सोमवार, बैशाख ४ २०८००६:३३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij