Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन सक्नुपर्छ : सिंह

कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन सक्नुपर्छ : सिंह

  • आइतवार, बैशाख ३ २०८०

  • 616
    SHARES

  • कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन सक्नुपर्छ : सिंह

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताउनु भएको छ।

    परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उहाँले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताउनुभयो।

    आज झापामा आयोजित एक कार्यक्रममा उहाँले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताउनुभयो।

    जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने उहाँको जोड छ । कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने उहाँको भनाइ छ ।


    आइतवार, बैशाख ३ २०८०१२:५७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij