Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी

  • आइतवार, आषाढ २१ २०७७

  • 759
    SHARES

  • सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस र राजपाका सांसदहरुको नाराबाजी

    धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेट प्रतिपक्षी दलको अवरोधका कारण पारित हुन सकेको छैन ।

    बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउने बित्तिकै नाराबाजी भएको हो । प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गर्नुभभयो ।

    आइतबार सभामुख थापाले सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई बजेटमाथिको दफावार छलफलका लागि प्रस्ताव पेस गर्न समय दिनुभएको थियो ।

    छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको घोषणा गर्दै सभामुख थापाले संसद बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । सोमबारबाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयलका सचिव राम सिंह धामीले बताउनुभयो ।


    आइतवार, आषाढ २१ २०७७१२:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij